विदेशवाट आउनेलाई मोदीमा कडाई, बजारमा भने व्यापारीको मनपरी

विदेशवाट आउनेलाई मोदीमा कडाई, बजारमा भने व्यापारीको मनपरी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १५ गते बिहिबार ०३:०१

  पर्वत- पर्वतको मोदी गाउँपालिकाले विदेशवाट वा अन्य जिल्लावाट आउने स्थानीयवासीलाई अनिवार्य गाउँपालिकाको स्वास्थ्य विवरण टिपाउन आग्रह गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सुचना जारी गर्दै पालिकाको कोभिड – १९ एकाइमा सम्पर्क...

 

पर्वत- पर्वतको मोदी गाउँपालिकाले विदेशवाट वा अन्य जिल्लावाट आउने स्थानीयवासीलाई अनिवार्य गाउँपालिकाको स्वास्थ्य विवरण टिपाउन आग्रह गरेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले सुचना जारी गर्दै पालिकाको कोभिड – १९ एकाइमा सम्पर्क गरि नाम लगायत आवश्यक विवरण टिपाउन आग्रह गरेकोहो ।

चाडवाडको आगमनसँगै विदेश वाट र संक्रमण बढि फैलिएका जिल्लाहरुवाट पालिकामा आउनेहरुको संख्या बढ्ने र गाउँगाउँमा संक्रमण फैलिन नदिनका लागि पालिकाले सक्रियता बढाएको छ । पालिकाले विदेशबाट स्थलमार्ग हुदै गाउँपालिका प्रवेश गर्ने व्यक्तिलाई १४ दिन अनिवार्य पालिकाको क्वारेन्टाइन बस्नुपर्ने, क्वारेन्टिन अवधिमा कोभिड- १९ को संकास्पद लक्षण तथा चिन्ह नदेखिएमा मात्र घर पठाईने जनाएको छ ।

त्यसैगरी ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट नेगेटिभ भएका व्यक्तिका हकमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरि अभिभावकको जिम्मा लगाएर घर पठाउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीले बताउनुभयो ।

पिसिआर रिपोर्ट नभएका व्यक्तिलाइ होम क्वारेन्टाइन पठाउनका लागि व्यक्तिको घरमा कम्तिमा पनि बस्ने कोठा, पानी र चर्पीको व्यवस्था छुट्टै भएको हुनुपर्ने, व्यक्तिको घर नजिकैका छिमेकीमध्ये कम्तिमा ५ घरले व्यक्तिको घर होम क्वारेन्टाइन बस्नको लागि उपयुक्त रहेको भनि सहमति जनाउनुपर्ने व्यवस्था गरिएको क्षेत्रीले बताउनुभयो । त्यसैगरी सम्बन्धित वडा कार्यालयबाट होम क्वारेन्टाइन बस्नको लागि घरको वातावरण उपयुक्त रहेको भनि अनिवार्य रुपमा सम्बन्धित वडा कार्यालयले सिफारिस गर्नुपन भएको छ ।

गाउँपालिकाले बाहिरी जिल्लाबाट गाउँपालिका भित्रिने व्यक्तिका हकमा जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने व्यवस्था गरेको छ भने १४ दिन अनिवार्य रुपमा होम क्वारेन्टाइन बस्नुपर्ने जनाएको छ । गाउँपालिकाले क्वारेन्टाइनमा बसेका व्यक्तिहरु र विदेशबाट आएका व्यक्तिहरुको सम्पर्कमा रहेकामा कोभिड-१९ को शंकास्पद लक्षण तथा चिन्हहरु देखिएमा मात्र पिआिर परिक्षण गरिने गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक विक्रम भुँवाजीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७७ असोज १५ गते बिहिबार ०३:०१
प्रतिक्रिया दिनुहोस