ह्यारी केनको ह्याट्रिकसँगै हट्सपरले हाइफालाई ७–२ अन्तरले हरायो

ह्यारी केनको ह्याट्रिकसँगै हट्सपरले हाइफालाई ७–२ अन्तरले हरायो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १६ गते शुक्रबार ०३:२६

फरवार्ड ह्यारी केनको ह्याट्रिकसँगै टोटनहम हट्सपरले युरोपा लिग छनोटको प्लेअफ खेलमा मक्काबी हाइफालाई ७–२ को अन्तरले पराजित गरेको छ। टोटेनहमले खेलको दोस्रो मिनेटमै केनको गोलबाट अग्रता लिएको थियो। १७औं मिनेटमा मक्कबीका जारोन...

फरवार्ड ह्यारी केनको ह्याट्रिकसँगै टोटनहम हट्सपरले युरोपा लिग छनोटको प्लेअफ खेलमा मक्काबी हाइफालाई ७–२ को अन्तरले पराजित गरेको छ।

टोटेनहमले खेलको दोस्रो मिनेटमै केनको गोलबाट अग्रता लिएको थियो। १७औं मिनेटमा मक्कबीका जारोन चेरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसको ३ मिनेटपछि नै टोटेनहमले लुकास मोउराको गोलमा पुनः अग्रता लियो। ३६औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै अग्रता दोब्बर पारे।

त्यसको ३ मिनेट नबित्दै लो सेल्सोले व्यक्तिगत दोस्रो गोल थपे। दोस्रो हाफको सुरुवातमा मक्कबीका निकिता रुकविस्ताले पेनाल्टीमा गोल गर्दै अन्तर कम गरे।

त्यसको ४ मिनेटपछि टोटनहमले पाएको पेनाल्टीलाइ सदुपयोग गर्दै केनले गोल परे। खेलको ७४औं मिनेटमा केनले आफ्नो ह्याट्रिक पूरा गरे। दोस्रो हाफमा मैदान छिरेका डेले अलीले इन्ज्युरी समयमा गोल थपे।

गएराति नै भएको खेलमा एसी मिलानले पेनाल्टी सुटआउटमा रियो एभलाई ९–८ ले हरायो। समूह चरणको ड्र शुक्रबार न्योनस्थित यूईएफए मुख्यालयमा हुँदै छ।

गएराति नै भएका अन्य खेलको नतिजा

रगंर्सविरुद्ध गेलाटासारय २–१

सीएफआर क्लुज–कुप्स कुपियो ३–१

रेडस्टार बेलग्रेड–अरर अर्मेनिया २–१

डिनामो जग्रेव–फ्लोरा ३–१

ग्रानाडा–माल्मो एफएफ ३–१

पिसभी इन्डोभेन–रोसबर्ग २–१

स्लोभन लिबरिक–एपोइ निकोसिया १–०

लिच पोजनान–स्पोर्टिङ डि चार्लिरोइ २–१

प्रकाशित मिति २०७७ असोज १६ गते शुक्रबार ०३:२६
प्रतिक्रिया दिनुहोस