के महरालाई स्थायी कमिटि सदस्य बन्दै छन् ? यस्तो भन्छन् ओली र प्रचण्ड !

के महरालाई स्थायी कमिटि सदस्य बन्दै छन् ? यस्तो भन्छन् ओली र प्रचण्ड !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १६ गते शुक्रबार ०१:२२

पूर्व सभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिस्ट  पार्टी नेकपाको तत्काल स्थायी कमिटी सदस्य नबन्ने भएका छन्। महरा स्थायी कमिटी सदस्य हुन लागेको भन्दै नेकपाभित्र चर्चा भइरहेको भए पनि तत्कालै सदस्य बनाउन नेतृत्व तयार नभएको स्रोतले...

पूर्व सभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिस्ट  पार्टी नेकपाको तत्काल स्थायी कमिटी सदस्य नबन्ने भएका छन्। महरा स्थायी कमिटी सदस्य हुन लागेको भन्दै नेकपाभित्र चर्चा भइरहेको भए पनि तत्कालै सदस्य बनाउन नेतृत्व तयार नभएको स्रोतले बताएको छ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहल प्रचण्ड उनलाई स्थायी कमिटी सदस्य बनाउन तयार नभएको ओली निकट एक नेताले बताए ।

उनको अदालतमा पुनरावेदनका हिसाबले सबै कुरा सकिएको छैन। यही कारणले पनि तत्काल बन्ने सम्भावना छैन,ु ती नेताले भने। ओली प्रचण्डका केही दिन यताका भेटमा महराका विषयमा पनि छलफल भएको थियो।

महरालाई तत्काल स्थायी कमिटिमा ल्याउन नहुने ओलीको अडानमा प्रचण्ड पनि सहमत भएको ओली निकट स्रोतले जनाएको छ। महरालाई स्थायी कमिटी सदस्य बनाएमा गलत सन्देश जाने भएकाले पनि हालसालै स्थायी कमिटी सदस्य उनी नहुने स्रोतको भनाई छ।

विभिन्न राजनीतिक नियुक्तिका विषयमा नै पछिल्ला छलफल भएका हुन्। महराजीको विषयमा पनि कुरा भएको हो । तर अध्यक्षहरुले उनलाई स्थायी कमिटीमा ल्याउँदा गलत सन्देश जाने भएकाले तत्काल उनको सम्भावना कम छ, ती नेताले भने।

ओली प्रचण्डको आजको भेट पछि मन्त्रिमण्डल पुनर्गठनका लागि शनिवार सचिवालयको बैठक बोलाइएको छ। संसद सचिवालयकी एक महिलाले महरालाई बलात्कारको आरोप लगाएपछि उनी सभामुखबाट बाहिरिनु परेको थियो ।  महराले ती महिलासँग आफ्नो पारिवारिक सम्बन्ध रहेको तर यौन दुव्यबहार नगरेको दाबी गर्दै आएका थिए।

प्रकाशित मिति २०७७ असोज १६ गते शुक्रबार ०१:२२
प्रतिक्रिया दिनुहोस