नेकपा सचिवालय बैठक भोलि, ओलीको राजिनामा माग्ने दाहाल समुहको तयारी !

नेकपा सचिवालय बैठक भोलि, ओलीको राजिनामा माग्ने दाहाल समुहको तयारी !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १६ गते शुक्रबार ०१:५३

  काठमान्डौ - नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति...

 

काठमान्डौ – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जनाकारी दिए।

‘दुई अध्यक्षबीच आज भएको छलफलमा भोलि शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने समति भएको छ’ स्रोतले जानकारी दिएको छ ।

राजदूत लगायतका राजनीतिक नियुक्ति प्राधनमन्त्री ओलीले एकलौटी रुपमा गरेको सचिवालय सदस्यहरुले नै उनको आलोचना गर्न थालेपछि बैठक बालोइएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको थियो।

पार्टीमा सल्लाहै नगरी राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय र स्थायी समितिका सदस्य प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटिले गरेको निर्णय बिपरित कार्य गरेकाले भोलिको सचिवालयमा राजिनामा माग्ने वा ओलीको विकल्प खोज्ने बिषयमा छलफल हुने बताएको छ ।

प्रकाशित मिति २०७७ असोज १६ गते शुक्रबार ०१:५३
प्रतिक्रिया दिनुहोस