काठमाडौं। नेपाली कांग्रेस सांसद गगनकुमार थापाले सरकारलाई जनताको कुनै चिन्ता नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत सांसद थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले २० दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उल्लेख गर्दै तर वर्तमान सरकार मस्त निद्रामा रहेको बताएका छन् ।
उनले फेशबुकमा ‘२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ। सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा. केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने।त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं- डा.केसीको जीवन रक्षा गर ! सहमतिको पालना गर !” लेखेका छन् ।
प्रकाशित मिति २०७७ असोज १८ गते आईतबार ०६:४१