२४ घण्टामा थपिए २४ सय ७० संक्रमित

२४ घण्टामा थपिए २४ सय ७० संक्रमित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १९ गते सोमबार ११:१४

पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। काठमाडाैं...

पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।

काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा १५ सय ३१ जना नयाँ संक्रमित थपिएका छन्। डा गाैतमका अनुसार काठमाडाैंमा ११ सय ७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएकाे हाे।

यस्तै आज देशभर सक्रिय संक्रमितकाे संख्या २३ हजार ५०७ रहेकाे छ।

गत २४ घण्टामा ११ सय ३३ जना काेराेना मुक्त भएर डिस्चार्ज भएका छन्। याे सँगै डिस्चार्ज हुनेकाे संख्या ६५ हजार २०२ पुगेकाे छ।

प्रकाशित मिति २०७७ असोज १९ गते सोमबार ११:१४
प्रतिक्रिया दिनुहोस