कोरोना संक्रमणबाट काठमाडौँका दुई महिलासहित थप ९ जनाको मृत्यु

कोरोना संक्रमणबाट काठमाडौँका दुई महिलासहित थप ९ जनाको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २० गते मङ्गलबार ११:१४

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्। मृत्यु...

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौँका दुई, ललितपुर र नवलपरासीपूर्वकी एक/एक गरी ४ महिला रहेका छन्। त्यस्तै ललितपुरका २, चितवन, तेह्रथुम र सुनसरीका एक/एक जना पुरुषको पनि संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ।

प्रकाशित मिति २०७७ असोज २० गते मङ्गलबार ११:१४
प्रतिक्रिया दिनुहोस