नेपालकै अग्ला झोलुङ्गे पुलमा पर्यटकको घुइचो, कुश्माका होटल व्यवसायीमा खुसीयाली

नेपालकै अग्ला झोलुङ्गे पुलमा पर्यटकको घुइचो, कुश्माका होटल व्यवसायीमा खुसीयाली

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २० गते मङ्गलबार ०१:३५

निषेधाज्ञा खुकुलो भएसँगै बागलुङ–पर्वत जोड्ने झोलुंगे पुलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लकडाउनको समयमा निर्माण सम्पन्न भएको पुल तत्काललाई सर्वसाधारणका लागि खुला थिएन । लकडाउन आंशिक खुला भए पनि बागलुङमा भदौभर निषेधाज्ञा...

निषेधाज्ञा खुकुलो भएसँगै बागलुङ–पर्वत जोड्ने झोलुंगे पुलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लकडाउनको समयमा निर्माण सम्पन्न भएको पुल तत्काललाई सर्वसाधारणका लागि खुला थिएन ।

लकडाउन आंशिक खुला भए पनि बागलुङमा भदौभर निषेधाज्ञा थियो । तर, असोज १ बाट सार्वजनिक यातायात पनि खुला भएपछि यो पुलमा पर्यटक बढेका छन् । बागलुङ नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वत जिल्लाको पाङ जोड्ने यो पुल ५ सय ६७ मिटर लामो छ । यो सिंगल स्पाम पुल कालिगण्डकी नदीदेखि १ सय ६५ मिटर उचाइमा बनेको छ ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संसारमै यति लामो झोलुंगे पुल अन्त नभएको बताए । यो पुलले डेढ घण्टाको बाटोलाई १० मिनेटमा छोट्ट्याइदिएको छ ।

१० करोड लागतको यो पुल थानी, बिएलटी, हिमशिखर संयुक्त निर्माण कम्पनीले बनाएको हो । यो पुलबाट धौलागिरि हिमाल, कालीगण्डकी नदी, पोखरा–बागलुङ तथा मालढुगा–बेनी सडकको दृश्यावलोकन गर्न सकिन्छ । पूर्वदक्षिणमा बागलुङ कालिका मन्दिर छ । पुल हेर्न विभिन्न जिल्लाबाट पर्यटक आउन थालेका हुन् ।

प्रकाशित मिति २०७७ असोज २० गते मङ्गलबार ०१:३५
प्रतिक्रिया दिनुहोस