गाइ खाने विहादीका विकास ७ वर्षपछि प्रकाउ, ६ वर्ष जेल सजाय

गाइ खाने विहादीका विकास ७ वर्षपछि प्रकाउ, ६ वर्ष जेल सजाय

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २१ गते बुधबार ०२:०२

गाई मारेको अभियोगमा ६ बर्ष जेल सजाय तोकिएका फरार प्रतिबादीलाई पर्वत प्रहरीले मंगलबार पक्राउ गरेको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं ३ का ३८ बर्षिय बिकास परियारलाई प्रहरीले पक्रेको हो । पुनरावेदन अदालत बागलुङको २०७० भदौ १७...

गाई मारेको अभियोगमा ६ बर्ष जेल सजाय तोकिएका फरार प्रतिबादीलाई पर्वत प्रहरीले मंगलबार पक्राउ गरेको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं ३ का ३८ बर्षिय बिकास परियारलाई प्रहरीले पक्रेको हो ।

पुनरावेदन अदालत बागलुङको २०७० भदौ १७ मा परियारलाई ६ बर्ष कैदको फैसला गरेको थियो । परियारलाई घरमै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

परियारलाई पर्वत जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको छ । पर्वत प्रहरीले भदौको अन्तिम साता देखि फरार प्रतिबादी पक्राउ गर्ने अभियान चलाएको छ। अहिले सम्म २० जना भन्दा बढी बिभिन्न मुद्दामा सजाय पाएका फरार प्रतिबादीहरु पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार ०२:०२
प्रतिक्रिया दिनुहोस