रोनाल्डो जुनियर भन्छन्ः बुबा पर्खनुस् केही वर्ष, म तपाइँसँगै फुटबल खेल्न चाहन्छु

रोनाल्डो जुनियर भन्छन्ः बुबा पर्खनुस् केही वर्ष, म तपाइँसँगै फुटबल खेल्न चाहन्छु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २१ गते बुधबार ०१:२८

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियरले आफ्नो पितासँगै एकै टोलीबाट फुटबल खेल्ने चाहना भएको बताएका छन्। युभेन्ट्समा स्ट्राइकर रोनाल्डोले सन् २०१९ डिसेम्बरमा इन्टरनेसनल स्पोर्ट्स कन्फ्रेन्समा...

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियरले आफ्नो पितासँगै एकै टोलीबाट फुटबल खेल्ने चाहना भएको बताएका छन्।

युभेन्ट्समा स्ट्राइकर रोनाल्डोले सन् २०१९ डिसेम्बरमा इन्टरनेसनल स्पोर्ट्स कन्फ्रेन्समा आफ्ना छोराको रुचीबारे खुलाएका थिए।

रोनाल्डोले आफ्नो छोरा रोनाल्डो जुनियरलाई फुटबल खेल्ने चाहना भएको बताएका थिए।

उनले सो क्रममा भनेका थिए,‘कहिलेकाहीँ छोराले मलाई भन्छ कि, बुबा पर्खनु्स केही वर्ष, म तपाइँसँगै फुटबल खेल्न चाहन्छु।’

रोनाल्डो हाल ३५ वर्षको भइसके यद्यपी उनी अझै लयमा छन्। उनका छोरा रोनाल्डो जुनियर भने भर्खर १० वर्षका भए।

यद्यपी रोनाल्डोले आफ्नो शारीरिक अवस्था मजबुत भएकाले लामो समयसम्म फुटबल खेल्ने अभिव्यक्ति दिइरहन्छन्।

अझै ५ या ६ वर्षसम्म रोनाल्डो फिट रहे रोनाल्डो जुनियरको पितासँग फुटबल खेल्ने धोको पुरा हुने थियो। एजेन्सी

प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार ०१:२८
प्रतिक्रिया दिनुहोस