सरकार र डा. केसीबीच वार्ता हुने, दुवै पक्षले बनाए टोली

सरकार र डा. केसीबीच वार्ता हुने, दुवै पक्षले बनाए टोली

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २२ गते बिहिबार ०२:०८

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले ३ सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली बनाएको हो। वार्ता टोलीमा...

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले ३ सदस्यीय वार्ता टोली गठन गरेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली बनाएको हो। वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन्।  आजको नागरिक दैनिकमा खबर छ ।

 

अनशनरत डा. केसी पक्षले पनि सरकारसँग वार्ता गर्न टोली बनाएको छ। डा. जीवन क्षेत्रीको संयोजकत्वमा केसी पक्षको वार्ता टोली रहेको छ। क्षेत्री सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक हुन्। वार्ता टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्। डा. केसी २४ दिनदेखि अनशनरत छन्।

मंगलबार शिक्षा सचिव गोपिनाथ मैनालीसहित ३ जना सरकारी अधिकारी डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए। डा. केसीले उनीहरुलाई वार्ता टोली बनाएर आउन आग्रह गरेका थिए।

केसीले ६ बुँदे माग राख्दै भदौ २९ गते जुम्लाको रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए । स्वास्थ्य विग्रएपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो।

प्रकाशित मिति २०७७ असोज २२ गते बिहिबार ०२:०८
प्रतिक्रिया दिनुहोस