मोदीमा उद्योग व्यावसाय दर्ता र नविकरणका लागि आजदेखि घुम्ति शिविर

मोदीमा उद्योग व्यावसाय दर्ता र नविकरणका लागि आजदेखि घुम्ति शिविर

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २३ गते शुक्रबार १२:४६

  पर्वत – पर्वतको मोदी गाउँपालिकामा संचालित उद्योग तथा व्यावसायहरु दर्ता र नविकरणका लागि आजदेखि घुम्ति शिविर संचालन गरिने भएको छ । कोरोना भाईरसको महामारीका कारण लामो समयदेखि व्यावसाय दर्ता र नविकरण गर्न समस्यामा परेका उद्योगी...

 

पर्वत – पर्वतको मोदी गाउँपालिकामा संचालित उद्योग तथा व्यावसायहरु दर्ता र नविकरणका लागि आजदेखि घुम्ति शिविर संचालन गरिने भएको छ ।

कोरोना भाईरसको महामारीका कारण लामो समयदेखि व्यावसाय दर्ता र नविकरण गर्न समस्यामा परेका उद्योगी व्यावसायिको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकामैै घुम्ति शिविरको आयोजना गरिएको हो ।

मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीका अनुसार आज शुक्रवार र भोली शनिवार गरी दुई दिन गाउँपालिकाका छुट्टाछुट्टै वडाका लागि पातीचौरमा शविर संचालन गरिएको छ । क्षेत्रीका अनुसार आज वडा नं. १ भुकताङ्ले, वडा नं. ३ देउराली, ५ बाजुङ र ७ राम्जादेउराली तथा भोली २४ गते वडा नं. २ देउपुर, वडा नं. ४ क्याङ, वडा नं. ६ तिलाहार र वडा नं. ८ चित्रेका उद्योग तथा व्यावसाय दर्ताका लागि शिविरमा आउन आव्हान गरिएको छ ।

उद्योग व्यावसाय दर्ता र नविकरण गर्न सदरमुकाम कुश्माबजार आउनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि उद्योग बाणिज्य संघ पर्वत, घरेलु तथा साना उद्योग विकास कार्यालय र करदाता सेवा कार्यालय पर्वतलाई समन्वय गरी गाउँपालिकाले पातीचौरमा शिविर संचालन गरेको समेत प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड-१९ को संक्रमणवाट बच्न आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा लिन सेवाग्राहीहरुलाई आग्रह गरिएको छ ।

आज विहान १० बजेदेखि शिविरवाट सेवा शुरु हुने भएको छ । आवश्यक कागजात सहित शिविरमा आएर सेवा लिन गाउँपालिकाले आग्रह गरेको छ । मोदी गाउँपालिकामा ५ सय भन्दा बढिको संख्यामा उद्योग, तथा व्यावसायहरु संचालनमा रहेका छन् ।

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार १२:४६
प्रतिक्रिया दिनुहोस