कोरोना कहरका बीच शुरु भयो पर्वत जेसीजको सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन उद्घाटन शत्रका कोरोना भाइरसको कहर र त्यसको न्यूनिकरण र उपचारमा खटिएका फ्रण्डलाइनका स्वास्थ्यकर्मी, विभिन्न स्वास्थ्यसंस्थाहरुमाथि जेसीजले कृतज्ञता प्रकट गर्दै आफ्नो सप्ताहव्यापी कार्यक्रम शुरु गरेको हो ।
हरेक वर्ष यसै समयमा जेसीज सप्ताह हुने गरेको छ ।
वर्षेनी सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्धेश्यले आयोजना हुने कार्यक्रम सात दिन सम्म फरक फरक विधामा गरिने भएको छ । जेसीजले असोज २४ गते सप्ताहको उद्घाटन, २५ गते जेसीज पूर्व परिचय तालिम र २६ गते जेसीज गाउँ चुवामा होर्डिङ बोर्ड स्थापना गर्ने कार्यक्रम राखेको छ ।
त्यसैगरी असोज २७ गते कुश्मा नगरपालिका वडा नं। १२ ठुलीपोखरीमा बृक्षारोपण, असोज २८ गते कोभिड(१९ सम्वन्धि अनलाईन अन्तरक्रिया, असोज २९ गते महिला शसक्तिकरण तालिम तथा उद्यमीलाई बाख्रा वितरण कार्यक्रम आयोजना गरिएको छ । सप्ताहको अन्तिम दिन पर्वत जिल्ला अस्पतालमा रहेको पोषण गृहमा पोषणयुक्त खाद्यान्न वितरण र सोहि दिन समापन समारोहको आयोजना गरिएको सप्ताहका मुल संयोजक मिलन पौडेलले जानकारी दिनुभयो ।
कोभिड (१९ को महामारका बीच पनि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सवै कार्यक्रम संचालन गरिने भएको छ । केहि कार्यक्रमहरु भर्चुअल माध्यमबाट संचालन गरिने मुल संयोजक पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७७ असोज २४ गते शनिवार ०३:२९