अमेरिकासँगको विवादबीच चीनले उत्तर कोरियालाई भन्योः हाम्रो सम्बन्ध बलियो बनाऔं

अमेरिकासँगको विवादबीच चीनले उत्तर कोरियालाई भन्योः हाम्रो सम्बन्ध बलियो बनाऔं

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २४ गते शनिवार ०९:१०

चीनले उत्तर कोरियासँग सम्बन्ध बलियो बनाउने विषयमा जोड दिएको छ। उत्तर कोरियाको सत्ताधारी पार्टीको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्तगर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियासँगको सम्बन्ध थप प्रगाढ बनाउने...

चीनले उत्तर कोरियासँग सम्बन्ध बलियो बनाउने विषयमा जोड दिएको छ।

उत्तर कोरियाको सत्ताधारी पार्टीको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्तगर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियासँगको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा जोड दिएका हुन्।

अमेरिकासँग विभिन्न विषयमा विवाद भइरहँदा चीनले उत्तरसँग सम्बन्ध मजबुत बनाउने इच्छा व्यक्त गरेको देखिएको छ।

केसीएनएका अनुसार सीले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई शभकामना दिँदै भनेका छन्,‘उत्तर कोरियाली कमरेडहरूसँग मिलेर चीन–कोरिया सम्बन्ध सुदृढ गर्ने र विकास गर्ने हाम्रो अभिप्राय छ।’

सीले दुई समाजवादी देशको दिगो विकासको बारेमा जोड दिँदै एकअर्काले समस्यामा साथ दिनुपर्ने पनि उल्लेख गरेका छन्। हिन्दुस्सान टाइम्स

प्रकाशित मिति २०७७ असोज २४ गते शनिवार ०९:१०
प्रतिक्रिया दिनुहोस