मन्त्री हेरफेरमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई सुईको समेत नदिदा जंगीय प्रचण्ड !

मन्त्री हेरफेरमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई सुईको समेत नदिदा जंगीय प्रचण्ड !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २४ गते शनिवार ०१:१२

  काठमाडौं - पछिल्लो २७ दिनमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १४ पटक भेटवार्ता भएको छ । त्यो पनि मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर । तर भेटवार्तापछि छलफल सकारात्मक भन्नेबाहेक केही आएको छैन । नेकपाको...

 

काठमाडौं – पछिल्लो २७ दिनमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १४ पटक भेटवार्ता भएको छ । त्यो पनि मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर ।

तर भेटवार्तापछि छलफल सकारात्मक भन्नेबाहेक केही आएको छैन । नेकपाको स्थायी कमिटी बैठकले नै अविलम्ब मन्त्रिपरिषद् पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति गर्दा पार्टीको सहमतिमा गर्ने निर्णय गरेको थियो ।

अहिले तीनवटा मन्त्रालय खाली पनि छन् । तीनवटा मन्त्रालय फुटाउने चर्चा पनि छ । त्यसैले कम्तीमा ६ जना मन्त्री नयाँ नियुक्ति गर्ने भन्ने आन्तरिक छलफल भए पनि ओली र प्रचण्ड सहमतिमा पुग्न सकेका छैनन् ।

बिहीबार बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले खुला रुपमै पूर्वमाओवादीका तीनबाहेक सबैलाई हटाउने ओलीसँग प्रस्ताव राखे । तर, ओलीले ठाडै अस्वीकार गरेको समाचार बाहिरिएको छ ।

प्रचण्डले विना मगर, वर्षमान पुन र शक्ति बस्नेतबाहेक पूर्वमाओवादीका अरु सबै मन्त्री हटाएर नयाँ ल्याउन चाहेका छन् । प्रचण्डको निसाना रामबहादुर थापा बादल लेखराज भट्टमाथि बढी छ ।

तर ओलीले यी दुवैलाई च्यापेका छन् । त्यसैले यसपटक पनि लिङरिङ गर्दै ओलीले प्रचण्डलाई दशै तिहारअघि मन्त्रिपरिषद् पुनर्गठनमा अलमल्याउने रणनीति लिएका छन् ।

स्रोतका अनुसार यदि प्रचण्डले ज्यादा जोड गरेमा एक दुई दिनभित्रै खाली तीन मन्त्री नियुक्ति गरेर केही समयलाई पुनर्गठनको विषय ओझेलमा पार्ने प्रधानमन्त्री ओलीको तयारी रहेको बुझिएको छ ।

प्रकाशित मिति २०७७ असोज २४ गते शनिवार ०१:१२
प्रतिक्रिया दिनुहोस