नेपालक कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गम्भीर दिशामा लगिरहे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने आपतकाल घोषणा गर्ने र देशलाई ज्ञानेन्द्र शाहको कदमतिर लैजाने कदम चालेको जनता समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईले बताएका हुन् ।
बुधबार गृहजिल्ला गोर्खा पुगेका नेता भट्टराईले पत्रकारहरुसँग बोल्दै ओलीले देशलाई ज्ञानेन्द्र शाहको कदमतिर लैजाने कदम चालेका कारण अन्तरविरोधलाई टालटुल पार्ने काम भएको सूचना आफूले पाएको बताएका हुन् ।
उनले भनेका छन यसरी देश कहिलेस्म्म चल्न सक्छ अहिले पनि लोकतन्त्र सुरक्षित नभएको र देश निरंकुशतावादीको बन्धक बनेको उनको दाबी छ ।
उद्योगधन्दा व्यवसाय सबै चौपट छन्, श्रमिकहरु रोएर बसेका छन तर सरकारले समस्या समाधानका लागी ठोस निति योजना ल्याउन सकेको छैन उनले भने ।
जिल्लाको विकास निर्माणको सन्दर्भलाई जोड्दै नेता भट्टराईले पछिल्लो समय गोरखाको विकास सुस्ताएको बताए । आफू अर्थमन्त्री हुदाँ ट्र्याक खोलिएका सडकहरु हालसम्म पनि कालोपत्रे हुन नसकेको भन्दै भट्टराईले चिन्ता व्यक्त गरे ।
प्रकाशित मिति २०७७ असोज २४ गते शनिवार ०१:१४