ओलीको निर्देशनमा कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, शुरु भयो ठुलो चलखेल !

ओलीको निर्देशनमा कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, शुरु भयो ठुलो चलखेल !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २५ गते आईतबार ०९:१९

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शाहीविरुद्ध सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै १८ जना साँसदहरुले आज संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग...

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै १८ जना साँसदहरुले आज संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई उक्त प्रस्ताव बुझाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुख्यमन्त्री शाहीविरुद्ध साँसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

ओलीको निर्देशनमा पूर्व नेकपाका १८ जना साँसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेकाे उच्च स्रोतले जनाएको छ । मुख्यमन्त्री शाही पूर्व माओवादीका निकट नेता हुन् । मुख्यमन्त्री शाहीले पुर्व एमाले सहितका केही साथीहरुले आफु बिरुद्ध अबिश्वास दर्ता गराउनेमा जानकार थिए। दुई दिन आगाडी मुख्यमन्त्री शाहीले आफु निकट नेता कार्यकर्ताहरुसँगको भेटघाटमा अविश्वास प्रस्ताव आउँदैछ भनेर भनेका थिए ।

‘मुख्यमन्त्रीज्युको विरुद्ध अबिश्वास प्रस्ताव आए अन्तय सम्म सामना गर्ने नभए काँग्रेससंग मिलेर अघि बढ्ने गरी तयारी गर्न बताएका थिए’ मुख्यमन्त्री शाहीलाई उढृढ गर्दै उनी निकट एक नेताले नेपालपानालाई बताए। यस बिषयमा मुख्यमन्त्री शाहीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीसँग पनि कुराकानी गरिसकेको स्रोतको दाबी छ ।

यसैगरी, यदि कर्णाली प्रदेशको समस्या समाधान भएन भने हाल नेकपा सरकार रहेको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिममा पनि ठुलो भुकम्प जान सक्नेछ । यी सबै प्रदेशहरूमा पुर्व एमालेले एक्लै सरकार बनाउन सक्ने गणित मिल्दैन ।

No description available.

No description available.

प्रकाशित मिति २०७७ असोज २५ गते आईतबार ०९:१९
प्रतिक्रिया दिनुहोस