भारत-चीनबीच आज सातौं चरणको वार्ता हुँदै, सहमति सम्भावना कति?

भारत-चीनबीच आज सातौं चरणको वार्ता हुँदै, सहमति सम्भावना कति?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २६ गते सोमबार ०२:५१

भारत-चीन सीमा पूर्वी लद्दाखमा जारी तनाव समाधानका लागि आज (सोमबार) दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुँदै छ। भारतबाट प्रकाशन हुने अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियाका अनुसार भारत र चीनबीच सैन्य कमान्डरस्तरमा सीमा क्षेत्र...

भारत-चीन सीमा पूर्वी लद्दाखमा जारी तनाव समाधानका लागि आज (सोमबार) दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुँदै छ।

भारतबाट प्रकाशन हुने अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियाका अनुसार भारत र चीनबीच सैन्य कमान्डरस्तरमा सीमा क्षेत्र पूर्वी लद्दाखमै आज वार्ता हुने भएको हो।

सीमा वार्तामा पहिलोपटक चीनको कूटनीतिक प्रतिनिधि पनि सहभागी हुने समचारमा जनाइएको छ।

पत्रिकाका अनुसार वार्तामा चीनको प्रतिनिधि मण्डलमा विदेश मन्त्रालयका अधिकारी र राजनीतिक प्रतिनिधि सहभागी हुने सम्भावना छ।

यसअघि गत सेप्टेम्बर २१ मा भएको छैटौं चरणको वार्तामा भारतका तर्फबाट एक वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वीएसिया) नवीन श्रीवास्तव सहभागी भएका थिए।

एक अधिकारीलाई उधृत गर्दै द हिन्दुस्तान टाइम्सले लेखेको छ- ‘जबसम्म चीनले पेङगोङ त्सो तालको उत्तरी क्षेत्र र फिङ्गरबाट आफ्ना सेना हटाउँदैन र पूर्वी लद्दाखको पूरै क्षेत्रमा डी-एस्केलेसन गर्दैन, तबसम्म बैठकबाट कुनै उपलब्धि आउने आशा गर्न सकिन्न।’

गत जुन १५ मा पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच झडप हुँदा भारतका २० सेना मारिएका थिए। चीनतर्फ के कति क्षति भयो अहिलेसम्म चीनले जानकारी दिएको छैन।

त्यसयता सीमामा दुई देशबीच दुश्मनी बढेको छ। पटकपटक वार्ता भए पनि समस्या समाधान हुन सकेको छैन।

प्रकाशित मिति २०७७ असोज २६ गते सोमबार ०२:५१
प्रतिक्रिया दिनुहोस