कुनपा ११ मा अनियमितता कहि भएको प्रमाण भए लिएर आउनुस– वडाअध्यक्ष पौडेल (भिडियो)

कुनपा ११ मा अनियमितता कहि भएको प्रमाण भए लिएर आउनुस– वडाअध्यक्ष पौडेल (भिडियो)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २६ गते सोमबार १०:१९

पर्वत । स्थानीय तहको निर्वाचन भएको झण्डै तीन वर्ष हुन लागि सक्यो । यो बेलासम्म स्थानीय तहले केके काम गरे ? के के काम गर्न बाँकी छन् र जनप्रतिधिहरुले चुनावको बेलामा गरेका प्रतिबद्धा केके पूरा गरे भन्नेबारेमा हामीले स्थानीय जनप्रतिनिधिसंग...

पर्वत । स्थानीय तहको निर्वाचन भएको झण्डै तीन वर्ष हुन लागि सक्यो । यो बेलासम्म स्थानीय तहले केके काम गरे ? के के काम गर्न बाँकी छन् र जनप्रतिधिहरुले चुनावको बेलामा गरेका प्रतिबद्धा केके पूरा गरे भन्नेबारेमा हामीले स्थानीय जनप्रतिनिधिसंग बुझ्ने प्रयास गरेका छौं ।

यसैबीच कुश्मा नगरपालिका ११ पकुवाका वडा अध्यक्ष शिवप्रसाद पौडेलसँग अहिलेसम्म भएका र हुन बाँकी काम र योजनाबारे जानकारी लिने प्रयास गरेका छौं । सदरमुकामदेखि केहि किमिको टाढाको दुरीमा रहेको वडा कृषिको हिसाबले अब्बल क्षेत्र हो । प्रायजसो यहाँका नागरिक कृषिमा आधिरत रहेका छन् भने नमूना कृषि फर्म पनि यहि वडामा संचालनमा रहेका छन् ।

त्यहाँको प्रथामिकतामा शिक्षा, स्वास्थ्य, खानेपानी बाटोघाटोको स्तरोन्नती रहेको छ । वडा कार्यालयसम्म पुग्नको लागि कच्ची सडक भएकाका कारण सडक कालोपत्रे गर्ने काम अहिले अगाडी बढेको छ । केही समयमानै चिल्ला कालोपत्रे सडकमा ओहोरदोहोर गर्न पाइने वडाअध्यक्ष पौडेलले बताए ।

वडाबासीलाई कृषिमा आधुनिकरण गर्नको लागि आवश्यक उपकरण सहुलियतमा वितरणदेखि शिक्षा स्वास्थ्य, सडक खानेपानीमा ठूलो काम भएको उनले बताए । पछिल्लो समयमा स्थानीय तहमा वेथिति मौलाएका खबर आएको भएपनि आफ्नो वडामा कुनै प्रकारका वेथिति नभएको उनले बताए ।

कुश्मा नगरपालिका ११ पकुवाका कुनै अनियमितता, भ्रष्टाचार भएका खबर कसैले पाउनुभएको छ भने प्रमाणका साथ देखाउन सक्नुहुन्छ वडा अध्यक्षले भने । पकुवामा कुनै पनि अनियमितता , भ्रष्टाचारका गतिविधि नभएको वडा अध्यक्षले दाबी गरे । भ्रष्टाचार, अनियमिततामा शुन्य सहनशिलता रहेको बताए ।

थप भिडियोमा हेर्नुहोस

प्रकाशित मिति २०७७ असोज २६ गते सोमबार १०:१९
प्रतिक्रिया दिनुहोस