थप ३५ सय ५६ जनामा कोरोना पुष्टि, १५ सय ३ निको भए

थप ३५ सय ५६ जनामा कोरोना पुष्टि, १५ सय ३ निको भए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २७ गते मङ्गलबार ११:५७

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा आज थप ३ हजार ५५६ जनामा...

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा आज थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १५ हजार ४८ रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १५ हजार ५७७ पीसीआर परीक्षण भएको छ। १२ लाख ७ हजार ९१

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।

यो कूल संक्रमितको ६८।३ प्रतिशत हो।

प्रकाशित मिति २०७७ असोज २७ गते मङ्गलबार ११:५७
प्रतिक्रिया दिनुहोस