चेन्नईद्वारा हैदराबाद २० रनले पराजित

चेन्नईद्वारा हैदराबाद २० रनले पराजित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २८ गते बुधबार ०३:१३

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को २९ औं खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको छ। चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रनमात्र जोड्न...

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को २९ औं खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको छ।

चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रनमात्र जोड्न सक्यो।

हैदराबादका केन विलियम्सनले सर्वाधिक ५७ रन जोडे पनि जितका लागि पर्याप्त भएन। जोनी बेयरस्टो २३ रन आउट भए।

चेन्नईका करण शर्मा र ड्वेन ब्राभोले समान २ विकेट झारे। शार्दुल ठाकुर, रवीन्द्र जडेजा र साम करनले एक–एक विकेट लिए।

chennai
त्यसअघि दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको थियो। रवीन्द्र जडेजा २५ रनमा नटआउट रहे। सन्दीप शर्माले ३१ रनको योगदान दिए।

तेस्रो विकेटका लागि अम्बाती रायुडु र वाटसनले १ रनको साझेदारी गरे। रायुडु ४१ रनमा आउट भए। उनले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। वाटसन ४२ रनमा क्याच आउट भए। उनले ३ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

सन्दीप शर्मा, टी नटराजन र खलिल अहमदले समान २ विकेट लिए।

प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ०३:१३
प्रतिक्रिया दिनुहोस