उदयपुर प्रहरीले २० वर्ष पहिलेको बलात्कारका एक दोषीलाई पक्राउ गरेको छ।
त्रियुगा नगरपालिका ११ का ४८ वर्षीय रामसेवक चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनीविरुद्ध बलात्कारको मुद्दामा अदालतले दोषी ठहर गर्दै ३ वर्ष कैदको...
उदयपुर प्रहरीले २० वर्ष पहिलेको बलात्कारका एक दोषीलाई पक्राउ गरेको छ।
त्रियुगा नगरपालिका ११ का ४८ वर्षीय रामसेवक चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनीविरुद्ध बलात्कारको मुद्दामा अदालतले दोषी ठहर गर्दै ३ वर्ष कैदको फैसला गरेको थियो।
२० वर्ष पहिले जबरजस्ति करणीको मुद्दा लागेपछि चौधरी फरार अवस्थामा थिए।
उनलाई बुधबार फैसाला कार्यन्वयनका लागि जिल्ला अदालतमा पठाइएको छ।