नेपालविरुद्ध बोल्ने भारतीय सेनाध्यक्ष नरवाणेलाई मानार्थ महारथीको उपाधि दिने सरकारको निर्णय

नेपालविरुद्ध बोल्ने भारतीय सेनाध्यक्ष नरवाणेलाई मानार्थ महारथीको उपाधि दिने सरकारको निर्णय

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २८ गते बुधबार ११:०१

नेपाली सेनाले भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने भएको छ। कात्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेका उनलाई सो उपाधि दिने निर्णय गरिएको हो। नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई...

नेपाली सेनाले भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने भएको छ।

कात्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेका उनलाई सो उपाधि दिने निर्णय गरिएको हो।

नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन छ।

भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु भएको छ।

गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो।

तर कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको थियो।

मन्त्रालयबाट स्वीकृति लिएर सेनाले भ्रमणका लागि निम्ताे दिने तयारी गरेको हो। दुईपक्षीय सहमतिमा भ्रमण तालिका र समय निर्धारण हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ११:०१
प्रतिक्रिया दिनुहोस