नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताकाे शपथ

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताकाे शपथ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २९ गते बिहिबार ०७:२३

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार  मन्त्रीमा सिफारिस गरेका  विष्णु पौडेलले अर्थमन्त्रीको, कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्रीको र लीलानाथ श्रेष्ठले महिला,...

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार  मन्त्रीमा सिफारिस गरेका  विष्णु पौडेलले अर्थमन्त्रीको, कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्रीको र लीलानाथ श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीकोे पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान शीतल निवासमा तीनै जनालाई मन्त्रीको शपथ गराएकी हुन्।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो।

शपथ लगत्तै आजै मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति २०७७ असोज २९ गते बिहिबार ०७:२३
प्रतिक्रिया दिनुहोस