थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५ सय २२ निको भए

थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५ सय २२ निको भए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३० गते शुक्रबार ११:००

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ४ हजार ३९२ जनामा...

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १५ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

यो कूल संक्रमितको ६९.८ प्रतिशत हो।

प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार ११:००
प्रतिक्रिया दिनुहोस