पोखराको मेट्रोसिटी अस्पतालमा उपचाररत पर्वतको कुस्माकी एक महिलामा कोरोना पुष्टि

पोखराको मेट्रोसिटी अस्पतालमा उपचाररत पर्वतको कुस्माकी एक महिलामा कोरोना पुष्टि

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३० गते शुक्रबार ०२:४५

  पोखरा । पोखराको मेट्रोसिटी अस्पतालमा कार्यरत उपचाररत पर्वतको कुस्माकी महिलामा समेत कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार क्षयरोग उपचार केन्द्र पोखराका गरिएको परीक्षणमा अस्पतालमा उपचाररत...

 

पोखरा । पोखराको मेट्रोसिटी अस्पतालमा कार्यरत उपचाररत पर्वतको कुस्माकी महिलामा समेत कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार क्षयरोग उपचार केन्द्र पोखराका गरिएको परीक्षणमा अस्पतालमा उपचाररत पर्वत कुश्मा ५ की ३८ बर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।

संक्रमित महिला उपचारका लागि पोखरा पुगेपछि संक्रमण पुष्टि भएको बताइएको छ । उनको पर्वतको कुस्मामा श्वाब संकलन नभएको र जिल्ला स्वास्थ्य कार्यालयलाई कुनै जानकारी नभएको प्रबक्ता प्रबिण भण्डारीले बताउनुभयो । कुस्मा नगरपालिका वडा नं ५ की वडा अध्यक्ष चित्रकला भारतीले पनि संक्रमित महिलाका बारेमा कुनै जानकारी नभएको बताउनुभयो ।

यस्तै पोखरा महानगरपालिका वडा २५ का २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी मेट्रोसिटी अस्पताल सृजनाचोकमा कार्यरत चिकित्सक रहेको निर्देशानलयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५०१ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार ०२:४५
प्रतिक्रिया दिनुहोस