नेपाल प्रहरीमा पाँच हजार बढीका लागि भर्ना खुल्यो (सूचनासहित)

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक १ गते शनिवार ०१:२७

नेपाल प्रहरीले पाँच हजार बढी नयाँ प्रहरीका लागि आवेदन खुला गरेको छ। प्रहरी प्रधान कार्यालयले विज्ञापन खुलाउँदै कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी जवान (जनपद) का लागि...

नेपाल प्रहरीले पाँच हजार बढी नयाँ प्रहरीका लागि आवेदन खुला गरेको छ। प्रहरी प्रधान कार्यालयले विज्ञापन खुलाउँदै कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी जवान (जनपद) का लागि आवेदन खुलाएको हो।

जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ भने अरू समावेशीतर्फ रहेको छ। समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ।

कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ। दरखास्त फारमको एक सय ५० दस्तुर लाग्ने छ।

प्रकाशित मिति २०७७ कार्तिक १ गते शनिवार ०१:२७
प्रतिक्रिया दिनुहोस