एकै पटक २३ जना कर्मचारीलाई कोरोना देखिए पछि संघीय मन्त्रालय शिल

एकै पटक २३ जना कर्मचारीलाई कोरोना देखिए पछि संघीय मन्त्रालय शिल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक १ गते शनिवार ११:१५

  काठमाडौं । एकैपटक २३ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शिल गरिएको छ । मन्त्रालयका १ सय २६ जना कर्मचारीको स्वाव परिक्षण गरिएको मध्ये २३ जना कर्मचारीमा पोजेटिभ रिपोर्ट आएको...

 

काठमाडौं । एकैपटक २३ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शिल गरिएको छ । मन्त्रालयका १ सय २६ जना कर्मचारीको स्वाव परिक्षण गरिएको मध्ये २३ जना कर्मचारीमा पोजेटिभ रिपोर्ट आएको छ । मन्त्रालयका अनुसार पोजेटिभ रिपोर्ट आउनेहरुमध्ये १३ जना तल्लो तहका कर्मचारी छन भने १२ जना माथिल्लो तहका कर्मचारी छन् ।

मन्त्रालयका सहसचिव लक्ष्मी निरौलाले मन्त्रालयका २३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि बिहीबार र शुक्रबार मन्त्रालय शिल गरिएको बताए । शनिबार विदा भयो, आइतबार मन्त्रालय खुले पनि निकै सजगता अपनाइने उनले जनाए । बिहीबार र शुक्रबार मन्त्रालयभित्र कसैलाई पनि प्रवेश गर्न दिइएको थिएन । मन्त्रालयका कर्मचारी दुई दिन कार्यालय बाहिरै बसेका थिए

प्रकाशित मिति २०७७ कार्तिक १ गते शनिवार ११:१५
प्रतिक्रिया दिनुहोस