कुश्मा नगरपालिका वडा नं ९ कटुवाचौरीको वडा कार्यालय भवनको आज शिलान्यास भएको छ। नगरापलिकाका प्रमुख रामचन्द्र्र जोशी र उपप्रमुख सीता काफ्ले लामिछानेले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
यो भवन अबको १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले गोष्ठि भेला, जमघटलाई रोक्नुपर्ने बताउँदै आएको छ तर कुश्मा नगरपालिकाले भने त्यसलाई बेवास्था गर्दै विभिन्न कार्यक्रममा नगरपालिकाका मेयर उपमेयर सामाजिक दुरीको पालना नगरी सरिक हुन थालेका छन ।
कुश्मामा जेसीज सप्ताह चलिरहेको बेलामा सप्ताह कार्याक्रमका मुल संयोजकलाई नै कोरोना संक्रमण पुष्टि भएपछि कुश्मा बजारमा खैलाबैला मच्चिएको बेलामा नगरपालिकाका प्रमुख उप्रमुख नै गैरजिम्मेवार तरिकाले कोरोनाको जोखिम नै मोलेर वडा कार्यालय भवनको शिलान्यासमा होमिनुलाई कुश्माबासी धेरैले राम्रो मानेका छैनन ।
प्रकाशित मिति २०७७ कार्तिक १ गते शनिवार ०४:४४