भीम रावलले दशैभत्ता त्याग गरेको घोषणा गरेपछि भने ओलीको कुकर्ममा म सहभागी हुदिन

भीम रावलले दशैभत्ता त्याग गरेको घोषणा गरेपछि भने ओलीको कुकर्ममा म सहभागी हुदिन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २ गते आईतबार ०५:२६

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले खातामा जम्मा भइसकेको दसैं खर्च फिर्ता गर्ने घोषणा गरेका छन्। कोरोना महामारीको विषम परिस्थितिमा सांसदले भत्ता लिनु ठीक होइन भन्ने कुरामा आफ्नो समर्थन रहेको जनाउँदै नेता...

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले खातामा जम्मा भइसकेको दसैं खर्च फिर्ता गर्ने घोषणा गरेका छन्।

कोरोना महामारीको विषम परिस्थितिमा सांसदले भत्ता लिनु ठीक होइन भन्ने कुरामा आफ्नो समर्थन रहेको जनाउँदै नेता रावलले ट्विटरमार्फत दसैं खर्चबापतको रकम फिर्ता गर्न मञ्जुर रहेको घोषणा गरेका हुन्।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो। हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्,’ उनले ट्विट गरेका छन्, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।’

 

खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।

— Bhim Rawal, PhD (@BhimRawal179) October 18, 2020
यसपछि अर्काे ट्विट गर्दै उनले भनेका छन्, ‘दसैं भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनु पर्दैन।’

 

दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु पर्दैन ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 18, 2020

प्रकाशित मिति २०७७ कार्तिक २ गते आईतबार ०५:२६
प्रतिक्रिया दिनुहोस