पर्वतमा पहिलोपटक कोरोना संक्रमित महिलाको मृत्यु

पर्वतमा पहिलोपटक कोरोना संक्रमित महिलाको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ३ गते सोमबार ०२:३१

पर्वत- पर्वत जिल्लामा पहिलोपटक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ४८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो । उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी...

पर्वत- पर्वत जिल्लामा पहिलोपटक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ४८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो । उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो ।

अस्पतालले होमआइसोलेसनमा राख्न आइतबार बिहान मात्रै घर पठाएको थियो । मृतकको शब ब्यबस्थापनका लागि आज विहान डिसीसिएमसीको बैठक बोलाइएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

अस्पतालमा गम्भीर अबस्थामा रहेकी संक्रमित महिलालाई होम आइसोलेसनमा पठाइएका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । मृत्युको आधिकारीक रुपमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भने जानकारी गराइसकेको छैन ।

प्रकाशित मिति २०७७ कार्तिक ३ गते सोमबार ०२:३१
प्रतिक्रिया दिनुहोस