राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दशैभत्ता फिर्ता गरे, सांसद गिरीले लिए

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दशैभत्ता फिर्ता गरे, सांसद गिरीले लिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ३ गते सोमबार ०४:१५

पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले दिएको दशै भत्ता सरकारलाई नै फिर्ता गरेका छन् । महामारिको विषम अवस्थामा जनताको उपचारमा भूमिका निर्वाह गर्नुपर्ने सरकारले जनतालाई आफै उपचार र कोरोना टेष्टको खर्च जुटाउनुपर्ने...

पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले दिएको दशै भत्ता सरकारलाई नै फिर्ता गरेका छन् । महामारिको विषम अवस्थामा जनताको उपचारमा भूमिका निर्वाह गर्नुपर्ने सरकारले जनतालाई आफै उपचार र कोरोना टेष्टको खर्च जुटाउनुपर्ने उर्दी जारी गरेर सांसदहरुलाई दशै भत्ता वितरण गरेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

सामाजिक संजालमा चर्को विरोध भएपछि आधा दर्जन सांसदले सरकारलाई नै दशै भत्ता फिर्ता गरेका ह्ुन । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आफ्नो र आफ्ना सचिवालयका सबै कर्मचारीको भत्ता सरकारलाई नै फिर्ता गरेको बुझिएको छ ।

यस्तै बागलुङका दुई सांसद देवेन्द्र पौडेल र डा. सुर्य पाठकले पनि सरकारले दिएको भत्ता सरकारलाई नै फिर्ता गरेका छन् । तर पर्वतका सांसद पदम गिरीले भत्ता लिएका छन् ।

देशमा फैलिएको कोरोना महामारीको बेलामा जिल्लामा कोरोना उपचारको लागि आवश्यक उपकरण भित्राउन नसक्ने, जिल्ला स्वास्थ्य अस्पतालमा एउटा भेन्टिलेटर ल्याउन नसक्ने आरोप खेपिरहेका गिरी कोरोनाको महामारीको बेलामा पार्टीमा विभिन्न दलबाट कार्यकर्ता भित्राउन तल्लीन भएको भन्दै आलोचना समेत भएको थियो ।

जनताको जनधनको भन्दा पार्टीमा कार्यकर्ता भित्राउन गिरीलाई चटारो भएको भन्दै सामाजिक संजालमा उनको खरो विरोध भएको थियो ।

प्रकाशित मिति २०७७ कार्तिक ३ गते सोमबार ०४:१५
प्रतिक्रिया दिनुहोस