मोदी गाउँपालिकामा २ जनामा कोरोना भेटियो

मोदी गाउँपालिकामा २  जनामा कोरोना भेटियो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ३ गते सोमबार १२:३५

  पर्वत –  पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा मोदी गाउाँपालिकाका २ का ५७ बर्षिय पुरुष र कुस्मामामा रहेको बैंकका कार्यरत...

 

पर्वत –  पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा मोदी गाउाँपालिकाका २ का ५७ बर्षिय पुरुष र कुस्मामामा रहेको बैंकका कार्यरत कर्मचारी रहेका छन ।

मोदी गाउँ पालिकामा असोज २९ गते ६२ जनाको स्वाब लिएकोमा २ जना पुरुषमा संक्रमण पुष्टि भएको मोदी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रकाशचन्द्र सुबेदीले जानकारी दिनुभएको छ ।

मोदि २ पातीचौर घर भएका ५७ बर्षको पुरुष भारतबाट आइ होम क्वारेन्टाइन बस्नु भएको थियो भने कुस्मामा बैंकमा काम गर्ने भएपनि पातीचौरमा बस्ने साथीकोमा गएको बेला पातीचौरमा श्वाब दिएका ब्यक्ति छन । मोदीमा समुदायमा गरिएको नमुना परिक्षणमा समुदायका कसैमा पनि कोरोना नदेखिएको सुबेदीले बताउनुभयो ।

प्रकाशित मिति २०७७ कार्तिक ३ गते सोमबार १२:३५
प्रतिक्रिया दिनुहोस