यी पूर्वगाेरखा सैनिकले पाए बेलायती राजपरिवारको प्रतिनिधि बन्ने ऐतिहासिक अवसर

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ४ गते मङ्गलबार ०१:१३

एकजना पूर्वगाेरखा सैनिकले बेलायती राजपरिवारकाे प्रतिनिधि बन्ने महत्वपूर्ण अवसर पाएका छन्। अवकाशप्राप्त गोरखा सैनिक मणिकुमार राईले त्यस्तो दुर्लभ अवसर पाएका हुन्। उनलाई बेलायती महारानीले ह्याम्पसायर काउन्टीका लागि डेपुटी...

एकजना पूर्वगाेरखा सैनिकले बेलायती राजपरिवारकाे प्रतिनिधि बन्ने महत्वपूर्ण अवसर पाएका छन्।

अवकाशप्राप्त गोरखा सैनिक मणिकुमार राईले त्यस्तो दुर्लभ अवसर पाएका हुन्।

उनलाई बेलायती महारानीले ह्याम्पसायर काउन्टीका लागि डेपुटी लर्ड लेफ्टिनेन्ट पदमा नियुक्ति गरेकी हुन्।

बेलायतमा हरेक काउन्टी र बोरोमा महारानीको प्रतिनिधिका रूपमा लर्ड लेफ्टिनेन्ट राखिन्छ।

जसकाे जिम्मेवारी राजपरिवारको स्थानीय क्षेत्रमा भ्रमण हुँदा त्यसको व्यवस्थापन गर्ने, अवार्ड प्रदान गर्ने, पदकका लागि सिफारिस गर्ने, नागरिकले आयोजना गरेका कार्यक्रममा राजपरिवारका तर्फबाट प्रतिनिधित्व गर्ने, स्थानीय जल, स्थल, वायु र सेनाका अन्य टुकडीसँग समन्वय गर्ने, स्थानीयस्तरमा राजपरिवारका सदस्यले प्रतिनिधित्व गर्ने संस्थामा नेतृत्व, सल्लाह र नियुक्ति दिनेलगायत हुन्छन्।

पूर्वमेजर राई हाल गोरखा ब्रिगेड एसोसिएसनको सचिव छन्। उनले सन् २००५ देखि ग्रासोट्समा गोरखा दरबार नाम गरेको नेपाली रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्।

प्रकाशित मिति २०७७ कार्तिक ४ गते मङ्गलबार ०१:१३
प्रतिक्रिया दिनुहोस