Untitled

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस २६ गते बिहिबार ११:५१

सामाजिक सेवा गर्दै आएको सिफेस महिला समुहद्वारा  बालबालिकाला न्यानो कपडा वितरण पुस २६ पर्वत बिभिन्न सामाजिक काम गर्दै आईरहेको सिसेफ नेपाल महिला समुले विभिन्न कारणले विद्यालयबाट बाहिर रहेका बालबालिकालाई न्यानो कपडा, शैक्षिक...

सामाजिक सेवा गर्दै आएको सिफेस महिला समुहद्वारा  बालबालिकाला न्यानो कपडा वितरण
पुस २६ पर्वत
बिभिन्न सामाजिक काम गर्दै आईरहेको सिसेफ नेपाल महिला समुले विभिन्न कारणले विद्यालयबाट बाहिर रहेका बालबालिकालाई न्यानो कपडा, शैक्षिक समाग्री तथा खाजा वितरण गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी उक्त संस्थाले शिवालय मावि कुश्मामा अध्ययनरत सडक बालबालिकाहरुलाई न्यानो कपडा, शैक्षिक समाग्री र दैनिक खाजाको व्यवस्था गरेको हो । १७ जना बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।्

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिका ५ की वडा अध्यक्ष चित्रकला भारतीले संस्थाले गरेको कामको प्रशंसा गरिन् । साथै भारतीले नगरपालिकाबाट हुने सहयोग आफूले उपलब्ध गराउने प्रतिबद्धता समेत जनाईन् । उनले सानो सहयोगले बालबालिकाहरुको जीवनमा कल्पनै नगरेको परिवर्तन आउन सक्ने बताईन । साथै यसैगरि सकेको सहयोग गर्न पनि उहाँले सबैलाई आग्रह गरिन्

महिलाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासको क्षेत्रमा काम गर्दै आएको संस्थाले सामाजिक, मानवीय क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष राजेन्द्र पहाडी, सिसेफ नेपालका संस्थापक अध्यक्ष टंकनाथ आचार्य, अर्जुन पौडेल निर्जन, विद्यालयका शिक्षक लेखनाथ उपाध्यय, विव्यस अध्यक्ष इश्वर गिरी लगायतले बोलेका थिए ।

 

संस्थाकी अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत् उपाध्यक्ष पवित्रा श्रेष्ठ(टिका) र संचालन सचिव कामना रेग्मीले गरेकी थिइन् । संस्थाले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको सस्थाकि सचिब कामना रेग्मीले धौलागिरि मिडिया लाई जानाकारी दिईन्।

प्रकाशित मिति २०७५ पुस २६ गते बिहिबार ११:५१
प्रतिक्रिया दिनुहोस