इलाम, चिकित्सा शिक्षा विधेयकलगायतका विषयमा बिभिन्न माग राखी आन्दोलनमा उत्रेका डा। केसीको स्वास्थ्यमा जटिलता देखिएको छ ।
डा। केसीको छाती र मुटुमा समस्या देखिएपछि उनलाई आज बिहानै इलाम अस्पताल लगिएको हो ।
अस्पतालमा चिकित्सकहरुले डा। केसीको स्वास्थ्य परीक्षण गरेका छन् ।
१६ औं पटक अनसनमा बसेका डा। केसीले सदनमा पेश गर्न लागिएको चिकित्सा शिक्षा विधेयकका केही प्रावधानमा असहमति राखेका छन् ।
उनी गत बुधबारदेखि अनसनमा बसेका हुन ।
अनशनको पाँचौं दिन आइतबार केसीको छातीमा समस्या देखिएको जिल्ला अस्पतालको चिकित्सक टोलीले बताएको थियो। उनी शनिबारदेखि उठ्न सकेका छैनन् ।
प्रकाशित मिति २०७५ पुस ३० गते सोमबार ०५:४३