नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने, विक्री प्रवन्धकको रुपमा ग्लोवल आईएमई क्यापिटल लिमिटेडलाई चयन ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने, विक्री प्रवन्धकको रुपमा ग्लोवल आईएमई क्यापिटल लिमिटेडलाई चयन ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ जेठ ६ गते बिहिबार ०३:५७

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि छुट्याएको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा...

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि छुट्याएको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी हालै सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष  विश्व प्रकाश प्रसाई ठकुरी र क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गर्नु भएको छ । पर्वत जिल्लाको कुश्मावजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था २०७४ साल चैत्र २८ गते पव्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको थियो ।

संस्थाले नेपाल राष्ट्र बैंकवाट २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरमा “घ” वर्गको वित्तीय कारोवार गर्ने ईजाजत प्राप्त गरेको थियो । विगत २० वर्ष देखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको लघु वित्तीय कारोवार २०७५ फाल्गुण २९ गतेका दिन नियमानुसार हस्तान्तरण भएसंगै वित्तीय संस्थाले राष्ट्रिय स्तरमा सुचारु कारोवार गर्दै आएको छ ।

वित्तीय संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । दुई संस्था र ८१ जना व्यक्ति गरी कुल ८३ जना संस्थापक शेयरधनि रहेको वित्तीय संस्थाको चुक्तापुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत झण्डै ८० हजार विपन्न परिवारलाई समूहमा आवद्ध गरी आर्कषक वचत तथा सुलभ कर्जा सुविधा प्रदान गरी जीविकोपार्जनमा टेवा पु¥याउदै आएको वित्तीय संस्थाका वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ जेठ ६ गते बिहिबार ०३:५७
प्रतिक्रिया दिनुहोस