गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता आज

गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता आज

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ जेठ १७ गते सोमबार ०७:५४

गण्डकी प्रदेश सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुँदैछ । प्रदेश सभाको आजको बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ । एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार...

गण्डकी प्रदेश सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुँदैछ । प्रदेश सभाको आजको बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ । एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार अर्थमन्त्री किरण गुरुङले बजेटका सिद्धान्त तथा प्राथमिकता टेबुल गर्नेछन् । सोमबारबाट नै त्यस उपर छलफल थालिने छ ।

विनियोजन विधेयक प्रस्तुत हुनु १५ दिन अगावै प्रिबजेटमाथिको छलफल सम्पन्न भइसक्नुपर्ने कानुनी प्रावधान छ । अर्थमन्त्री किरण गुरुङले प्रदेश सभा नियमावलीको व्यवस्था अनुसार प्रिबजेट प्रस्तुत गरेर छलफल थालिने बताए ।

विपक्षी दलहरुले भने अल्पमतको सरकारले पहिला विश्वासको मत लिएर मात्र बजेटसम्बन्धी क्रियाकलाप अगाडि बढाउन सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले भने, ‘अल्पमतको सरकारले बजेट ल्याउन सक्दैन, त्यसो भएपछि प्रिबजेट छलफल किन गर्ने, पहिला विश्वासको मत लिन सुझाव दिएका छौं ।’

प्रकाशित मिति २०७८ जेठ १७ गते सोमबार ०७:५४
प्रतिक्रिया दिनुहोस