अन्तर्राष्ट्रिय पर्वत समाजको पाँचौ अधिवेशन मार्च १ मा हुदै ।

अन्तर्राष्ट्रिय पर्वत समाजको  पाँचौ  अधिवेशन मार्च १ मा हुदै ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ पुस १५ गते मङ्गलबार ०३:४२

अन्तराष्ट्रिय पर्वत समाजको पाँचौ अधिबेशन मार्च अर्थात फागुन १७ गते गर्नै भएको छ । संसारका विभिन्न देशमा रहेका पर्वत घर भएकाहरुको संगठन अन्तराष्ट्रिय पर्वत समाजको पाँचौ अधिवेशन यसअघि निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्ने तयारी...

अन्तराष्ट्रिय पर्वत समाजको पाँचौ अधिबेशन मार्च अर्थात फागुन १७ गते गर्नै भएको छ । संसारका विभिन्न देशमा रहेका पर्वत घर भएकाहरुको संगठन अन्तराष्ट्रिय पर्वत समाजको पाँचौ अधिवेशन यसअघि निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेकै बेला जेन्जिको आन्दोलनका कारण केहि समयका लागि स्थगित गर्नै निर्णय गर्दै अधिवेशन स्थगित गरेको थियो ।


समाजका अनुसार हाल देशको अवस्था क्रमशः सामान्य बन्दै गएको, भन्दै मार्च १ अर्थात फागुन १७ गते लाई नयाँ मिति तोकेको छ । समाजले यस असोज २२ गते गर्नै भन्दै बिभिन्न समिति उपसमिति समेठ गठन गरेको थियो ।अधिवेशनमा पर्वत जिल्लासहित देशका बिभिन्न जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहने समाज नेपालका प्रतिनिधि मुना भुषालले धौलागिरि मिडिया लाई जानाकारी दिनु भएको छ । अधिवेशनमा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत र्गनुको साथै भाबि कार्ययोजना तय गर्ने नयाँ कार्यसमिति चयन गर्नै, लगाएत अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतीय क्षेत्रको विकास, संस्कृति संरक्षण, पर्यावरण सन्तुलन, पर्यटन प्रवद्र्धन तथा स्थानीय समुदायको हकहितका पक्षमा क्रियाशील रहँदै आएको र आगामि दिनमा पनि अझै सक्रियताका साथ अगाडि बढ्ने जनाएको छ ।

अधिवेशनलाई भव्य र सफल बनाउन सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको जनाएको छ । साथै, सबै प्रतिनिधि, सदस्य तथा सरोकारवालालाई निर्धारित मिति र समयमा उपस्थित भई अधिवेशनलाई सफल बनाउन सवैलाई आग्रह गरको समाजका अध्यक्ष गुणराज पौडेल गुरासले आग्रह र्गनु भएको छ । समाजले पर्वत जिल्लाको पर्यटकिय क्षेत्र,प्रदेश अस्पतालको हस्पीटालिटि , सैन्दर्यकरण , शिक्षा , स्वास्थय लगायतका बिषयमा काम गर्दै आएको छ ।

 

प्रकाशित मिति २०८२ पुस १५ गते मङ्गलबार ०३:४२
प्रतिक्रिया दिनुहोस