पछिल्ला ४ बर्षयता दुर्घटनाको संख्या क्रमिक रुपमा घट्दै गएको पाईएको छ।गएको साउनमा ३ ओटा, भदौमा एउटा, अशोज र कात्र्तिकमा एउटा पनि दुर्घटना भए भने मंसिरमा एउटा दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार आर्थिक बर्ष २०७२,\०७३ मा १३ ओटा, २०७३,\०७४ मा १० ओटा, २०७४\०७५ मा ६ ओटा दुर्घटना भएका छन । यसैगरी चालु आर्थिक बर्ष २०७५÷०७६ को शुरुका ६ महिनामा ६ ओटा दुर्घटना भएका छन । यो अवधिका दुई ओटा बस, एउटा जीप, एउटा ट्रयाक्टर र दुई ओटा मोटरसाईकल दुर्घटनामा परेका छन । चालु आर्थिक बर्षको शुरुका ६ महिनामा भएका दुर्घटनामा एक जनाको मृत्यू, ५ जना गम्भीर घाइते र २९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिनुभयो । पर्वतमा आर्थिक बर्ष २०७२\०७३ मा ७ जनाको मृत्यू, १५ जना गम्भीर घाईते, ६ जना सामान्य घाईते भएका थिए भने आर्थिक बर्ष २०७३\०७४ मा ६ जनाको मृत्यू, १६ जना गम्भीर घाईते र १८ जना सामान्य घाईते भएका थिए । आर्थिक बर्ष २०७४\०७५ मा ३ जनाको मृत्यू, ३५ जना गम्भीर घाईते र ११ जना सामान्य घाईते भएका थिए । पछिल्लो समय सडक सचेतना सम्बन्धि कार्यक्रमहरु बढी मात्रामा संचालन गरिएका कारण नै सवारी दुर्घटनाहरु कम हुँदै गएको पनि ट्राफिक प्रहरी प्रमुख गौलीले बताउनुभयो । उहाँले बिशेष गरि सचेतनात्मक कार्यक्रम संचालन हुदाँ कुनै पनि घटना मा कमि आएको गौलीको भनाई रहेको छ ।साथमा आउदा दिनमा पनि यसरी नै कार्यक्रम लाई निरन्तरता दिने धौलागिरि मिडिया लाई बताउनु भएको छ।
प्रकाशित मिति २०७५ पुस ३० गते सोमबार ०२:५५