नारी वचत तथा ऋण सहकारी संस्थाको  तेस्रो अधिवेसन  सम्पन्न  सञ्चालक समीतीमा पुन शाक्य

नारी वचत तथा ऋण सहकारी संस्थाको  तेस्रो अधिवेसन  सम्पन्न  सञ्चालक समीतीमा पुन शाक्य

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ १ गते मङ्गलबार १२:३३

पर्वत कुस्मा महीलाहरुको मात्र व्यवस्थापन र सहभागितामा  आठ वर्ष अघि स्थापना भएको  नारी वचत तथा ऋण सहकारी संस्थाले  तेस्रो अधिवेसन सम्पन्न भएको छ । कुश्मा नगर पालिका   पाँचमा रहको संस्थाको अधिवेसन सम्पन्न भएको हो ।   अधिवेसनले  ...

पर्वत कुस्मा

महीलाहरुको मात्र व्यवस्थापन र सहभागितामा  आठ वर्ष अघि स्थापना भएको  नारी वचत तथा ऋण सहकारी संस्थाले  तेस्रो अधिवेसन सम्पन्न भएको छ । कुश्मा नगर पालिका   पाँचमा रहको संस्थाको अधिवेसन सम्पन्न भएको हो ।   अधिवेसनले   संचालक समीती गठन गरेको  छ ।  समीतीमा  संस्थाका अध्यक्ष तुप्ला कुमारी शाक्यको अध्यक्षतामा  ११ सदस्यीय समीती चयन गरेको हो ।

 

उपध्यक्षमा सरस्वती भण्डारी रहनुभएको  छ । भने  सचिवमा भोज कुमारी शर्मा र कोषाध्यक्षमा मन्ज शिलाकार क्षनोट हुनुभएको हो ।  सदस्यहरुमा माया गिरी , निला श्रेष्ठ , विप्ला जोशी , चन्द्रा श्रेष्ठ , तारा विश्वकर्मा , मन्जु श्रेष्ठ , र कल्पना श्रेष्ठ रहेका हुन । महीलाहरुलाई अर्थिक रुपमा सहयोग गर्दै  र आय आर्जनका क्षेत्रमा काम गर्दै आएको संस्थाले  जनाएको हो ।  २५ लाख मुल पुँजी बाट  कारोवार शुरु गरेको सहकारीले अहीले सम्म  ६० लाख पुँजी  कायम  गरेको हो । यस्तै मुद्धती  निक्षेपमा  १० लाख रहेको  कोषाध्यक्ष मन्जु शिलाकारले  कार्यपत्रमा प्रस्तुत गर्नुभएको हो ।

सहकारीको आर्थिक  विवरण प्रस्तुत  गर्दै विपन्न समुदायका महीलाहरुलाई एकतृत गरेर  सहुलियत कर्जा उपलब्ध गराउँदै आएको बताउनु भयो ।  संस्थाका अध्यक्ष तुप्ला कुमारी शाक्यले   ६० लाख कुल पुँजीमा  ५५ लाख  लगानी गरेको बताउँदै विपन्नका क्षेत्रमा कुखुरा पालन , कृषि तथा व्यापार वाणिज्यमा लगानी भएको बताउनु भयो ।

आर्थिक क्षेत्रबाट विमुख रहेका दिदिवहीनीहरुलाई समेटेर सञ्चालनमा रहको संस्थाले  आर्थिक उन्नतीसँगै नेतृत्वविकासका कार्यक्रम  गर्दै आएको  छ । शाक्यको अध्यक्षतामा सम्पन्न अधिवेसनको सञ्चालन सचिव भोज कुमारीमाले गर्नु भएको थियो  भने स्वागत सरस्वती भण्डारीले गर्नुभएको हो ।

 

प्रकाशित मिति २०७५ माघ १ गते मङ्गलबार १२:३३
प्रतिक्रिया दिनुहोस