फलेवासका ९ वटा वडा कार्यालयका भवन निर्माण, दुईमा जग्गा खोजी

फलेवासका ९ वटा वडा कार्यालयका भवन निर्माण, दुईमा जग्गा खोजी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ मङ्सिर १ गते बुधबार ०२:४५

पर्वत- संघीयता कार्यान्वयन पछि संचालनमा आएका स्थानीय तहहरु अहिलेपनि अधिकांस भाडाकै घरमा संचालनमा छन् । कतिपयले आफ्नै भवन निर्माण गरेका छन् भने कतिपयले जग्गा र आर्थिक अभाव देखाउँदै भाडाकै घरमा संचालन भैरहेका बेला पर्वतको फलेवास...

पर्वत– संघीयता कार्यान्वयन पछि संचालनमा आएका स्थानीय तहहरु अहिलेपनि अधिकांस भाडाकै घरमा संचालनमा छन् । कतिपयले आफ्नै भवन निर्माण गरेका छन् भने कतिपयले जग्गा र आर्थिक अभाव देखाउँदै भाडाकै घरमा संचालन भैरहेका बेला पर्वतको फलेवास नगरपालिकामा ९ वटा वडा कार्यालयका सुविधासम्पन्न भवन निर्माण भएका छन् ।

११ वटा वडा मध्ये थप २ वटा वडाको भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भैरहेको छ । ग्रामीण क्षेत्रमा रहेको यो नगरपालिका स्थापना हुँदा कार्यपालिका भवन र वडा कार्यालयहरु अधिकांस भाडा र केहि जीणर् भवनमा संचालित थिए । तर अहिले सवैजसो कार्यालयहरु सरकारी संरचनावाटै संचालनमा आएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।

आफ्नो कार्याकालमा प्रमुख प्रशासकिय भवन र वडा कार्यालयहरु आफ्नै भवनमा संचालन गर्ने लक्ष्य अनुसार अब २ वटा वडा कार्यालयको भवन शिलन्यास गर्न बाँकी रहेको उहाँले बताउनुभयो । स्थापना पछि दुई वर्ष भाडाको घरमा र दुई वर्ष फलेवास सिंचाई आयोजनाको कार्यालयवाट संचालित प्रमुख प्रशासकिय भवन समेत गत महिनादेखि निर्माण शुरु गरिएको छ । भवन १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ । यो समाचार आजको धौलागिरि सञ्चार साप्ताहिकमा छ ।

नगरपालिकाको वडा नं. ९ भंगराको नवनिर्मित वडा कार्यालय भवन हालै सम्पन्न भएको छ । यो सँगै वडा नं. १, ४ र ६ को भवन पुणर् रुपमा संचालन भएर वडा कार्यालय समेत संचालन भैरहेको छ भने वडा नं. २, ३, ८, १० र ११ को कार्यालय भवन निर्माणाधिन रहेका छन् । चालु आर्थिक वर्ष भित्रै ती सवै भवन निर्माण सम्पन्न हुने नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

साँघुरो र भाडामा संचालन हुँदै आएका वडा कार्यालयका आफ्नै भवन गुणस्तरिय भवन निर्माण भएपछि नागरिकलाई सेवा प्रवाहमा सहज हुने प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटाले बताउनुभयो । सवैजसो कार्यालयहरु समयमै निर्माण कार्य सम्पन्न भएको सापकोटाले बताउनुभएको छ । वडा नं. ५ खानीगाउँ र वडा नं. ७ खानीगाउँको लागि जग्गा खोजी भैरहेको उहाँले बताउनुभयो । यो समाचार आजको धौलागिरि सञ्चार साप्ताहिकमा छ ।

यसैबीच निर्माण कार्य सम्पन्न भएको भँगराको कार्यालय अनुगमन गरिएको छ । वि.सं. २०७७ पौषबाट सुरु गरिएको भवन निर्माण कार्य हालै सम्पन्न भएको हो । वडाको केन्द्र काउलेमा निर्माण भएको भवनमा सभाहल सहित ४ वटा कोठा रहेका छन् । प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा रु.१ करोड ५ लाखमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष गंगाधर शर्माले जानकारी दिनुभयो । भवन निर्माण सम्पन्न भएपनि कार्यालयको व्यवस्थापन गरेर उद्घाटन पछि नवनिर्मित भवनबाट कार्य शुभारम्भ गरिने उहाँले बताउनुभयो ।

वडा कार्यालय भवन निर्माणका लागि स्थानीय मन बहादुर पौडेल क्षेत्रीले निशुल्क २ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो भने थप १ रोपनी जग्गा पास हुन बाँकी रहेको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर १ गते बुधबार ०२:४५
प्रतिक्रिया दिनुहोस