‘भ्वाइस अफ नेपाल’ को सिजन–२ शुरु

‘भ्वाइस अफ नेपाल’ को सिजन–२ शुरु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ २ गते बुधबार ०४:५२

काठमाडौं, माघ २ । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को दोस्रो संस्करणको को डिजिटल अडिसन शुरु भएको छ । दोस्रो संस्करणका लागि ‘भ्वाइस अफ नेपाल’ले बुधबारबाट डिजिटल अडिसन शुरु गरेको हो । डिजिटल अडिसनमा संसारका जुन सुकै देशमा...

काठमाडौं, माघ २ । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को दोस्रो संस्करणको को डिजिटल अडिसन शुरु भएको छ । दोस्रो संस्करणका लागि ‘भ्वाइस अफ नेपाल’ले बुधबारबाट डिजिटल अडिसन शुरु गरेको हो ।

डिजिटल अडिसनमा संसारका जुन सुकै देशमा बस्नेले पनि अडिसन दिन पाउने छन् । डिजिटल अडिसनबाट छानिएकाहरु ब्लाइन्ट अडिसनमा आउन पाउने छन् ।

“दूरदराजमा बस्ने आवाजका धनीहरुलाई डिजिटल अडिसनले मुलधारमा ल्याउने भूमिका खेलोस्,” भ्वाइस अफ नेपालले भनेको छ । सिजन वानमा भारतका विभिन्न ठाउँबाट नेपाली भाषी डिजिटल राउन्ड अडिसन हुँदै अघिल्ला चरणहरुमा पुगेका थिए ।

सिजन वानका १०८ जना ब्लाइन्ड अडिसनका लागि छनोट भएका थिए । सिजन वान सकिएको केही समयमै भ्वाइसले सिजन–२ सुरु गरेको हो । सिजन वानको विजेता पोखराका सिडी विजय अधिकारी भएका थिए ।

प्रकाशित मिति २०७५ माघ २ गते बुधबार ०४:५२
प्रतिक्रिया दिनुहोस