प्रदेशसभामा निर्वाचित सांसद राजीव गुरुङ ‘दीपक मनाङ्गे’ चलचित्र निर्माणमा पुनः होमिने भएका छन् ।
अनटाइटल प्रोजेक्टलाई ‘तिमीसँग’ फ्रेम्ड निर्देशक शिशिर राणाले निर्देशन गर्नेछन । बुधबार मनाङ्गेसहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिरलाई फिल्म साइन गराएका हुन् ।
रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली रहेका छन् । कलाकार तय भैनसकेको फिल्मले विवाह पछिको दम्पतिको प्रेम कथा बोल्ने बुझिएको छ । निर्देशकले यसलाई ‘सोसल ड्रामा’ भनेका छन ।
फिल्मको प्रि–प्रोडक्सन भित्र १ गीत रेकर्ड भैसकेको छ भने स्क्रिप्ट पनि लगभग अन्तिम चरणमा छ । चैत अन्तिमतिरबाट छायांकन जाने लक्ष्य लिएको फिल्मको बाँकी टिम पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने राणाले बताए ।
प्रकाशित मिति २०७५ माघ ३ गते बिहिबार ०९:१२