निःशुल्क प्राविधिक शिक्षाको प्रवेश परीक्षा तालिका सार्वजनिक (विवरणसहित)

निःशुल्क प्राविधिक शिक्षाको प्रवेश परीक्षा तालिका सार्वजनिक (विवरणसहित)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ५ गते शनिवार ०९:१०

देशभरका दलित, मुस्लिम र विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने कार्यक्रमअन्तर्गत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आवेदन दिनेहररूको प्रवेश परीक्षासम्बन्धी तालिका सार्वजनिक गरेको छ। प्राविधिक...

देशभरका दलित, मुस्लिम र विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने कार्यक्रमअन्तर्गत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आवेदन दिनेहररूको प्रवेश परीक्षासम्बन्धी तालिका सार्वजनिक गरेको छ।

प्राविधिक एसएलसी र डिप्लोमा/प्रमाणपत्र तह अध्ययनका लागि प्रवेश परीक्षा माघ १२ गते सञ्चालन हुने परिषद्ले जानकारी दिएको छ।

परीक्षा बिहान सवा १० बजे सुरु हुनेछ भने तोकिएका केन्द्रबाट माघ १० र ११ गते प्रवेशपत्र लिनुपर्नेछ।

यस्तै परीक्षामा सहभागी हुने विद्यार्थीले कालो जेल कलमको प्रयोग गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति २०७५ माघ ५ गते शनिवार ०९:१०
प्रतिक्रिया दिनुहोस