लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० साउन २७ गते शनिवार ०३:५१

पर्वतको जलजला गाउँपालिकामा-२ पूर्णागाउँ स्थित कुल बराह ताल पुरिएको छ । जलजला -५ स्थित  कुवापानीको चिहान डाँडाबाट खसेको पहिरो र लेदो बग्दा पूर्णागाउँ स्थित बराह ताल पुरिएको हो । नेपाली कांग्रेस जलजला-२ का सभापती एवं समाजसेवी खिम...

पर्वतको जलजला गाउँपालिकामा-२ पूर्णागाउँ स्थित कुल बराह ताल पुरिएको छ । जलजला -५ स्थित  कुवापानीको चिहान डाँडाबाट खसेको पहिरो र लेदो बग्दा पूर्णागाउँ स्थित बराह ताल पुरिएको हो । नेपाली कांग्रेस जलजला-२ का सभापती एवं समाजसेवी खिम बहादुर  खत्रीका अनुसार  हिजो राति देखि परेको बर्षाका कारण कुवापानीको डिलबाट फेरी पहिरो खसेको र पहिले नै खसेर थुप्रिएको कमेरो  सहितको बाढीले ताल पुरिएको हो । अंग्रेजी सी (c) आकारको तालको ७५ प्रतिसत भाग  पुरिएको  छ ।

आज दिउसो नै स्थानीय ब्यक्तीहरु  बराह ताल र कुलबराह मन्दिर परिसरमा भेला भई कसरी पहिरोको जोखिम र क्षती कम  गर्न सकिन्छ भनेर छलफल गरिएको भोलि मल्लाज साम्मारे  स्थित घर्ति क्षेत्रीको भवनमा छलफलको लागी सरोकारवालालाई बोलाइएको बताउनुभयो  ।

पहिरोका कारण हाल सात  घरपरिवार विस्थापित भएका छन् सात परिवारका २४ जना अहिले  अहिले नवजागरण महिला समुहको भवनमा आश्रय लिएर बसेका छन् । पूर्णरुपले बिस्थापित हुनेहरुमा  जलजला गाउँपालिका वडा–२ मूलघडेरीका  रविन पुन, पदम कार्की, नगेन्द्र कार्की, डम्वर बहादुर खत्री, गम बहादुर पौडेलको परिवार रहेका छन् ।

पहिरोका कारण अहिले भेडाओडारको बनक्षेत्र,  भेडा ओडारको हिउदेपानी हुदै मुलघडेरी र पूर्णगाउँ सम्मको ९० रोपनी जग्गा पूर्ण रुपमा क्षति भएको छ । अहिले पनि पहिरो खसिरहेको र बर्षाका कारण कमेरोमाटो  सहितको लेदो बगिरहेको छ ।  खिम बहादुर खत्रीले स्थानियहरुलाई चनाखो रहन आव्हान गरिएको बताउनुभएको छ ।

प्रकाशित मिति २०८० साउन २७ गते शनिवार ०३:५१
प्रतिक्रिया दिनुहोस