आफ्नो इतिहासमा सरकारले प्रहार गरेको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

आफ्नो इतिहासमा सरकारले प्रहार गरेको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ७ गते सोमबार ०७:४७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका निर्णयले नेपाली कांग्रेस र लोकतान्त्रिक परिवर्तनको इतिहास मेटाउन खोजिएको भन्दै संघीय संसद प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ। पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालिन...

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका निर्णयले नेपाली कांग्रेस र लोकतान्त्रिक परिवर्तनको इतिहास मेटाउन खोजिएको भन्दै संघीय संसद प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ। पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालिन सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा स्थापना गरिएका अस्पताललाई संघीय सरकार मातहत राख्न मन्त्रिपरिषद्ले अस्वीकार गरेको आरोप लगाउँदै कांग्रेसले संघीय संसदका दुवै सदन अवरुद्ध गरेको हो।

 

सोमबार १२ बजे बसेको प्रतिनिधिसभामा कांग्रेसले यी दुई अस्पताललाई खारेज गर्ने ध्येयका साथ प्रस्ताव स्थगन गरिएको कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताए। उनले भने, ‘सरकारले नेपाली कांग्रेसको इतिहासमाथि प्रहार गरेको छ।

 

नेपाली कांग्रेसका नेताहरूको इतिहासमाथि मात्रै होइन नेपालको लोकतान्त्रिक इतिहासमाथि पनि प्रहार गरेको छ।’ नेपाल सरकारले दुवै अस्पतालको अस्तित्व कायम नगरून्जेसम्म सदनको कारबाही अवरुद्ध गर्ने जानकारी दिए।

प्रकाशित मिति २०७५ माघ ७ गते सोमबार ०७:४७
प्रतिक्रिया दिनुहोस