बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना तथा पैयू गाउँपालिका वडा नं ५को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।पैयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको अध्यक्षता सँगै प्रदेश सभासद मित्रलाल बस्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि, निर्देशिका २०७८ बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका घोषणा कार्यबिधि २०७९ बमोजिम वडालाई बालमैत्री स्थानिय शासन प्रबद्र्घन तथा व्यावस्थापन सुशासन सम्बन्धी घोषणामा आफुहरुले आप्नो ठाउँबाट २०८१ माघ मसान्त सम्म बालमैत्री वडा घोषण गर्नको लागि प्रतिबद्घता गरेका छन ।

उक्त कार्यक्रममा पैयू गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना , पैयू गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष निर्भिक नाराण भुर्तैल ,वडा नं ४ वडा अध्यक्ष टुकलाल न्यौपाने ,सामाजिक बिकास कार्यलयका प्रमुख टंक प्रशाद ढकाल ,प्रमुख प्रशासकिय अधिकृत राजिव रिमाल,मुख्य मत्रीतथा मत्रीको परिषदको कार्यालय गडण्की प्रदेशका जानकी देबि र्शमा , राष्ट्रय बाल अधिकार परीषधका समन्वय अधिकृत बद्री प्रशाद वाग्ले , स्थानिय , संघ सस्था सामाजिक ब्यत्ती लगायतको उपस्थिती रहेको थियो । उक्तकार्यक्रममा प्रशिक्षण दिँदै कार्यलयका प्रमुख टंक प्रशाद ढकालले बालमैत्री स्थानीय शासन अन्तर्गत रहेका सुचकहरुको बारेमा प्रष्ट गराउनु भएको सामाजिक बिकास कार्यालय पर्वतले धौलागिरि मिडियालाई जानाकारी दिएको छ
प्रकाशित मिति २०८० फाल्गुण ७ गते सोमबार ०२:५७