पर्वतमा श्रीमद भागवत ज्ञान महायज्ञ शुरु महायज्ञ एक साता सम्म सञ्चालनमा रहने।

पर्वतमा श्रीमद भागवत ज्ञान महायज्ञ शुरु महायज्ञ एक साता सम्म सञ्चालनमा रहने।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ७ गते सोमबार ०४:५०

वैदिक हिन्दू सनातन धर्मको सङरक्षण,ज्येष्ठ नागरिकहरुका लागि दिवालय सेवा तथा सत्सङ भवन निमाणार्थ पर्वतमा श्रीमदभागवत ज्ञान माहयज्ञ सुरु भएको छ । गायत्री आमा समुहले आयोजना गरेको सात दिने श्रीमदभागवत ज्ञानमहायज्ञ प्रभात ¥यालि सहीत...

वैदिक हिन्दू सनातन धर्मको सङरक्षण,ज्येष्ठ नागरिकहरुका लागि दिवालय सेवा तथा सत्सङ भवन निमाणार्थ पर्वतमा श्रीमदभागवत ज्ञान माहयज्ञ सुरु भएको छ । गायत्री आमा समुहले आयोजना गरेको सात दिने श्रीमदभागवत ज्ञानमहायज्ञ प्रभात ¥यालि सहीत शुरु भएको हो । नगर पालिका ४ चिलाउने चौतारा स्थित आनन्द गुम्वा नजिकै निर्माण हुन लगेको सत्सङ भवन निमाणार्थ महायज्ञ शुरु भएको हो ।

मुल कथ वचक भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम द्वारा कथा वाचन हुने महयज्ञको सोमबार विधिवत रुपमा उद्धाटन गरीएको हो । ज्ञन महायज्ञको उद्धघाटन ९९ वर्षिय जेष्ठ नागरीक देवका आचर्यले गर्नुभएको हो । एक साता सम्म सञ्चालनम आउने महायज्ञमा श्रदालू भक्तजनको अवास तथ अन्य व्यवस्थापकीय काम भईसकेको अयोजकले जनाएको छ ।

मोदीवेणी द्धिव्य धाममा वृद्धा आश्रम भएको भएपनि मुक्तीनाथ , शहश्रधारा गलेश्वर दर्शन गर्न आउने राजमार्गमा आश्रम बनाउनका लागि यज्ञको आयोजना गरीएको मुल संयोजक सीता केसी भण्डारीले बताउनु भयो । ,

 

हिन्दू धर्मालम्बिहरु तथा पर्यटकहरुको आवतजावतमा सेवा सुबिधा आश्रलय,र सडक बालबच्चा तथा अवसर नपाएका बालबालिकाहरु का लागि आश्रय स्थल जस्ता विभिन्न उदेश्यका साथ सम्पन हुन लागेको ज्ञान महायज्ञमा कथा वाचक गयन तथा नृत्य र श्रदालु भक्तजनको व्यवस्थापन गरीएको हो ।

प्रकाशित मिति २०७५ माघ ७ गते सोमबार ०४:५०
प्रतिक्रिया दिनुहोस