पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु

पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ पुस २१ गते आईतबार ०८:५५

पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुब  रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा...

पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ ।

पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुब  रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया बृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउने दूध लिन रेग्मीको घरमा गएकी थिइन् ।

घरधनी ५२ वर्षीय रेग्मी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ पुस २१ गते आईतबार ०८:५५
प्रतिक्रिया दिनुहोस